जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भए पनि निष्कर्षमा भने नपुगिसकेको मन्त्री शर्माको भनाई थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री शर्माले भनिन्, ‘तर निष्कर्षमा नपुग्दा यस विषयमा भन्न सकिएन ।’
मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिर समेत गरिन् । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण