बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

मङ्गलबार, २६ असार २०८०, २० : २४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भए पनि निष्कर्षमा भने नपुगिसकेको मन्त्री शर्माको भनाई थियो । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री शर्माले भनिन्, ‘तर निष्कर्षमा नपुग्दा यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिर समेत गरिन् । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप