‘भागवत् गीता’ को टिजरमा विपिनको भिन्न लुक्स
काठमाडौंँ । फिल्म ‘भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपिन कार्कीको लुक्स र भूमिकाले ‘सरप्राइज’ दिनेछ । उनी ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन् । टिजरमा उनलाई कमलामाई अवतारमा देखाइएको छ । टिजर जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ । अभिनेत्री सुहाना थापा डराएको भावमा देखिएकी छन् भने अभिनेता धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । वेश्यालयको कथा फिल्मले उठाएको हुनसक्ने टिजरबाट बुझाउँछ ।
झरना थापाद्वारा निर्देशित फिल्ममा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ । सुनीलकुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ । राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् । फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण