प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
काठमाडौँ । प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा रोल्पा जिल्ला रोल्पा नगरपालिका २ का ५५ वर्षीय आमाले ३७ वर्षीय छोरालाई मिर्गौला दान गरेकी थिइन् । अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा सुरु गरिएको थियो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको टिमद्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो ।
मिर्गौला प्रत्यारोपण कार्यमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू, ओटी इन्चार्ज तथा ओ.टी. र आई.सी.यु. मा कार्यरत नर्सिङ्ग कर्मचारी र प्रयोगशालाकर्मीका लगायतका कर्मचारीहरू संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण