खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
बुधबार, ०३ असार २०८३, ०८ : ३०
सारांश
- दाङको तुलसीपुरमा युवतीलाई खुकुरी देखाएर कुटपिट गरी भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
- प्रहरीले रमेश ठाडा मगरलाई लागुऔषध Pregamax, Trohmo, Antikop र Nitrazohm ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।
- यस्तै घटनामा संलग्न रहेको आरोपमा जीवराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०ः४० बजे उनकै घरबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
सोही क्रममा तुलसीपुर– २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण