बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई जग्गा धनी पुर्जा वितरण
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।
जग्गा धनी प्रमाणपुर्जा पाउनेमा वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती गाउँपालिका–३ का अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए । गाउँपालिका अध्यक्ष सर्केश घलानले उनीहरुलाई जगाधनी पुर्जा वितरण गरेका थिए ।
त्यस्तै गाउँसभामा सरकारी कार्यालय प्रयोजनका लागि जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नुहुनेमा तुलासा थोकर , डुब्वाङ पाख्रिन् , मानकाजी जिम्बा, आइतेसिं पाख्रिन् , बिजय जिम्बा , कार्शाङ पाख्रिन् , सुवास घिसिङ ,तिलकबहादुर माझी लगायत (२३ दातालाई पालिकाले सम्मान गरिएको हो ।
उनीहरुले पालिकाका वडा भवन र सरकारी संरचना निर्माणका लागि तीन कठ्ठासम्म जग्गा थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य खोप केन्द्र निर्माण गरिएको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण