‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ भाग लिन फिलिपिन्स उडे नेपाली बालबालिका
काठमाडौंँ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको ओयोजित बिभिन्न सौन्दर्य प्रतियोगिताका ५ विजेताहरू रिदिमा नेपाल, संयक श्रेष्ठ, श्रृजना प्रधान, लावेन लिम्बु र दर्शना संग्रौला फिलिपिन्स उडेका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ त्यसतर्फ उडेका हुन् ।
फिलिपिन्सको राजधानी मनिला १६ देखि २१ जुलाईसम्म आयोजना हुने प्रतियोगितामा नेपालको अलवा भारत, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, साउथ अफ्रिका, इन्डोनेशिसया लगायत १२ राष्ट्रको सहभागिता रहनेछ । बालबालिकाले बिभिन्न उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले लामो समयदेखि आयोजना हुँदै आएको प्रतियोगितामा सहभागीले नेपाली संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको प्रवर्द्धन समेत कार्यक्रममा गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए । फैजु आफैंले प्रतियोगी लिएर फिलिपिन्स उडेका हुन् ।
तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई प्रतियोगिताका लागि तयार गरिएको छ । जसमा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले ग्रुमिङ, नृत्य निर्देशक संयुक्त स्थापितले नृत्य र फेसन डिजाइनर श्रीषा बैदारले फेसन सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रतियोगीलाई उक्त प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नै पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण