ठमेलको क्लबमा झगडा गर्ने ७ जना पक्राउ
काठमाडौँ । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ पर्नेका सङ्ख्या ७ पुगेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । काठमाडौँको गुन्डा समूहमाथि निगरानी गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्छन् ।
पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ छन् । सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
क्लब सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका–१ घर भएका राजेन्द्र गुरुङले प्रहरी वृत्त सोह्रखुट्टेमा आरोपितहरू विरुद्ध किटानी जाहेरी दिएका छन् । पक्राउ परेकाहरू विरुद्ध ‘अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी रिजालले जानकारी दिए ।
कुमार गुरुङ ‘घैटे’ इन्काउन्टरमा मारिपछि युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँडदै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धामा संलग्न अधिकृतहरु बताउँछन् ।
सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता नदिएको आरोपमा गोली प्रहार गरे । नुवकोटकै होटल व्यवसायी सुरेश डंगोललाई गतवर्ष उनले आक्रमण गरेका थिए । सानुभाइ नेपाली कांग्रेस निकट मानिन्छन् । उनको समूहबारे प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण