अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरणको न्यायिक छानबिन गर्न माग

काठमाडौँ । अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरण्णको न्यायिक छानबिन गर्न नेपाल चलचित्र कलाकार संघले माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाले आइतबार जारी गरेको विज्ञप्तिमा शारूकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
साथै ताम्राकारले अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले समेत चलचित्रको छायाँकनको क्रममा भएका घटनाबारे बोलेकाले यसबारे पनि छानिबन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ ।
शारुकले निधन हुनुभन्दा अघिल्लो दिन सम्म ‘हयास्ट्याग माया’ चलचित्रमा अभिनय गरिरहेका थिए। शारुक सिंगो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रूपमा परिचित रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा