अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरणको न्यायिक छानबिन गर्न माग
काठमाडौँ । अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरण्णको न्यायिक छानबिन गर्न नेपाल चलचित्र कलाकार संघले माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाले आइतबार जारी गरेको विज्ञप्तिमा शारूकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
साथै ताम्राकारले अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले समेत चलचित्रको छायाँकनको क्रममा भएका घटनाबारे बोलेकाले यसबारे पनि छानिबन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ ।
शारुकले निधन हुनुभन्दा अघिल्लो दिन सम्म ‘हयास्ट्याग माया’ चलचित्रमा अभिनय गरिरहेका थिए। शारुक सिंगो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रूपमा परिचित रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण