बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि तारे होटल र महँगा गहना किन्दा विलासिता कर

सोमबार, ०१ साउन २०८०, १० : २९
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । यससँगै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागू भएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसहित तीन विधेयक पारित गरेका थिए ।

यससँगै, आजदेखि विलासिता कर लागू भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो । यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदा समेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ ।

यसबाहेक, वैदेशिक रोजगार सेवा शुल्क समेत आजदेखि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो । यो कर आजदेखि लागू भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप