आजदेखि तारे होटल र महँगा गहना किन्दा विलासिता कर
सोमबार, ०१ साउन २०८०, १० : २९
काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । यससँगै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागू भएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसहित तीन विधेयक पारित गरेका थिए ।
यससँगै, आजदेखि विलासिता कर लागू भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो । यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदा समेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ ।
यसबाहेक, वैदेशिक रोजगार सेवा शुल्क समेत आजदेखि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो । यो कर आजदेखि लागू भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण