नेफ्टा अवार्ड फेरि स्थगित
काठमाडौँ । चलचित्र प्राबिधिक संघले जुलाई २२ (६ साउन) मा अमेरिकाको टेक्ससमा आयोजना गर्न लागेको फिल्म अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’ स्थगित भएको छ । अवार्डका लागि आवश्यक तयारी नपुगेकोले अहिलेलाई अवार्ड स्थगित गरिएको आयोजक चलचित्र प्राविधि सङ्घका अध्यक्ष पुष्कर लामाले बताए । ‘अवार्ड अहिलेलाई स्थगित गरिएको छ । छिट्टै पत्रकार भेटघाट गर्दै नयाँ मिति घोषणा हुन्छ’ लामाले भने ।
नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक अमेरिकामा हुन लागेको हो । अमेरिकामा अवार्ड गर्ने घोषणा समय देखिनै विभिन्न विवादमा फस्दै आएको अवार्ड स्थगित भएको यो दोस्रो पटक हो । यसअघि अवार्ड जेठ १३ गतेबाट सरेर साउन ६ मा आएको थियो ।
अवार्डको मनोनयनमा चित्त नबुझेका कारण अमेरिकास्थित अवार्डको स्थानीय आयोजक मध्यको एक आर्यन फिल्मस्ले अवार्डबाट हात झिकेपछि अवार्ड विवादमा पर्दै आएको छ । अवार्डमा सहभागी हुन भिसा प्रक्रियामा पठाइएको नाममा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै आर्यन फिल्मस्ले हात झिकेको हो ।
अवार्डको उत्कृष्ट ५ को सुची भने आयोजकले केही अगाडि होटेल सोल्टीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरेको थियो । २०७९ सालभित्र प्रदर्शन भएका फिल्मलाई ४२ विधामा अवार्ड बाँड्ने तयारी आयोजकले गरेको थियो । यस अगाडि नेफ्टा अवार्ड युएई, मलेसिया, हङकङ र कतारमा आयोजना भएका थिए ।
अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान प्रचार आयोजकले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण