कमैया मुक्ति दिवसमा कैलालीका ४ पालिकाले दिए सार्वजनिक बिदा
मङ्गलबार, ०२ साउन २०८०, १२ : ४८
धनगढी । कमैया मुक्तिको दिवसको अवसरमा कैलाली जिल्लास्थित ४ पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले कमैया मुक्ति दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै सार्वजनिक बिदा दिएका हुन् ।
सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । भने, २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो ।
पश्चिम तराइको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले मुक्त घोषणा गरेको थियो । तर अझैसम्म सरकारले पुनर्स्थापनाको कार्यलाई पूर्णता दिन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण