प्रदर्शनको सय दिन मनाउँदै ‘जारी‘
काठमाडौँ । फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने दौडमा छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाउन लागेको हो ।
मंगलबार ९६औँ दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले अहिले पनि प्रत्येक दिन १ शो दिएको छ । साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । ठुला विदेशी र स्वदेशी फिल्मका बाबजुद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैँमा ठुलो उपलब्धि हो । फिल्मका वितरक मनोज राठीले फिल्मले उपत्यका बाहिरका हलमा ८०, ९० दिन बनाएको जानकारी दिए ।
विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ ।
फिल्मले घरेलु बजारमा साढे १४ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण