रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि
रौतहट । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १ करोड २२ लाख बढी हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम विपरीत चलेका कुल ३८ हजार पाँच सय ८२ सवारी साधनलाई गत आर्थिक वर्ष कारबाही गरिएको हो ।
गत आर्थिक वर्ष सवारी दुर्घटनामा झन्डै १० प्रतिशत, घाइतेमा साढे १० प्रतिशत र दुर्घटनामा मृत्यु हुनेमा ३० प्रतिशतले कमी भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८०मा जिल्लाभरि ६४५ दुर्घटनामा परेर एक हजार ४७ जना मानिस घाइते भएका थिए भने ५० जनाको मृत्यु भएको जनाइएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा जिल्लाभरि कुल ७१३ सवारी दुर्घटनामा परेर ११ सय ७१ जना घाइते र ७२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विमला कुमारी कठायतका अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण