शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि

मङ्गलबार, ०२ साउन २०८०, १५ : ४०
मङ्गलबार, ०२ साउन २०८०

रौतहट । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १ करोड २२ लाख बढी हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम विपरीत चलेका कुल ३८ हजार पाँच सय ८२ सवारी साधनलाई गत आर्थिक वर्ष कारबाही गरिएको हो ।

गत आर्थिक वर्ष सवारी दुर्घटनामा झन्डै १० प्रतिशत, घाइतेमा साढे १० प्रतिशत र दुर्घटनामा मृत्यु हुनेमा ३० प्रतिशतले कमी भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८०मा जिल्लाभरि ६४५ दुर्घटनामा परेर एक हजार ४७ जना मानिस घाइते भएका थिए भने ५० जनाको मृत्यु भएको जनाइएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा जिल्लाभरि कुल ७१३ सवारी दुर्घटनामा परेर ११ सय ७१ जना घाइते र ७२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विमला कुमारी कठायतका अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप