मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन संकट समाधानका निम्ति कूटनीति वार्तामा भारतको जोड

बुधबार, ०३ साउन २०८०, १५ : ४३
बुधबार, ०३ साउन २०८०

न्यूयोर्क । भारतले युक्रेन संकट समाधानका निम्ति कूटनीति वार्तामा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो । 

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्रसङ्घको वार्षिक साधारणसभामा भएको युक्रेन बहसमा जारी द्वन्द्वप्रति भारतको गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिमा फर्कन आग्रह गरे । उनले यो युद्धको युग नभइ वार्ता र कूटनीतिको भएकाले त्यसकै माध्यमबाट सङ्कटको निकास खोजिनुपर्नेमा जोड दिए । 

द्वन्द्वका कारण विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरुको ज्यान गएको, दुवै देशका जनता पीडामा परेका उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधिले युक्रेनको अवस्थालाई लिएर भारत चिन्तित भएको बताए । उनले लाखौं घरबारविहीन भएका, तीमध्ये अधिकांश छिमेकी देशहरूमा शरण लिन बाध्य भएका, नागरिक पूर्वाधारमा भएका आक्रमणले परिस्थितिलाई अझ जटिल एवम् चिन्ताजनक बनाएको बताए । उनले रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न हालैका घटनाक्रमप्रति  भारत चिन्तित भएको बताउँदै शान्ति र स्थायित्वका निम्ति दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरे ।

“हामीले शत्रुताको तत्काल अन्त्य, वार्ता र कूटनीतिको मार्गमा तत्काल फर्कनका निम्ति  सबै प्रयासहरू गर्न आग्रह गरेका छौं। हामी सबैले सदस्यता लिने विश्वव्यापी व्यवस्था अन्तरराष्ट्रिय कानून, संयुक्त राष्ट्रसङ्घको बडापत्र र क्षेत्रीय अखण्डताको सम्मानमा आधारित भएकाले सबै राज्यको सार्वभौमसत्ताको सम्मान हुनुपर्नेमा भारत दृढ छ,” रुस र युक्रेनबीच पुनः मैत्री कायम गर्दै उक्त क्षेत्रमा शान्ति कायम गनै वार्ताको विकल्प नभएको भारतीय अवधारण प्रस्तुत गनर्दै स्थायी प्रतिनिधिले भने । 

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रुसका शीर्ष नेतालाई ‘यो युद्धको युग होइन’ भन्ने कुरामा जोड दिएको दोहो¥याउँदै स्थायी प्रतिनिधिले कम्बोजले मानव जीवनको मूल्यमा कुनै पनि हालतमा समाधान हुन नसक्ने विषयमा  निरन्तर आवाज उठाएको तथा  बढ्दो हिंसाले कसैको हित नहुने भएकाले मतभेद र विवाद समाधानको एक मात्र उपाय कूटनीति र वार्ता नै भएको बताए । शान्ति स्थापनाका निम्ति कूटनीतिका सबै माध्यम खुला राख्न आवश्यक भएको उनले बताए ।-(रासस/एएनआई) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप