राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार पार्टीको तराई मधेस र पूर्वाञ्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुरावस्थाबाट पार पाउन ठुलो छातीका साथ राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए ।
पद,प्रतिष्ठा, स्वार्थ र महत्त्वाकाङ्क्षालाई विसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दु राष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत उल्लेख गरे ।
अहिलेको भ्रष्टतन्त्र र मनपरीलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
इलाममा पार्टी सङ्गठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभावले थोरै भोट आउनु स्वाभाविक भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण