गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो
बुधबार, ०३ साउन २०८०, २१ : ५०
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ ।
निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो ।
अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो । सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो । त्यसपश्चात् निकुञ्ज
प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण