उपसभापति खड्कालाई शाहको प्रश्न : उपगुटको शिकार कहिलेसम्म हुनुपर्ने हो ?
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले कर्णाली प्रदेशको दलको नेतामा प्रतिस्पर्धा गर्ने चाहना राख्दा उपगुटको शिकार हुनुपरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा पदाधिकारीले बनाउने गुटको कार्यकर्ता शिकार हुनुपरेको सांस्थापन पक्ष निकट शाहले बताए ।
उपसभापति पूर्णबहादुर खड्काप्रति लक्षित गर्दै उनले भने, ‘त्यसको प्रत्यक्ष शिकार म पनि भएको छु । कर्णाली प्रदेशसभामा मैले संसदीय दलको नेता प्रतिस्पर्धाको आकांक्षा राखेको थिएँ । तर दिइएन किन ?’
लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर चाहना राख्नु अपराध थियो भन्दै प्रश्न शाहले गरे । ‘त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं ?,’ उनको प्रश्न छ, ‘मैले दलको नेता लड्छ भन्दा नेताहरुबाट मैले के के सजाय पाउनुपर्ने हो ? कांग्रेसको जिम्मेवार नेताबाट यो कहिलेसम्म सहनुपर्ने हो ?’
उपसभापति खड्काको जोडबलमा कांग्रेस कर्णाली प्रदेश दलको नेता जीवनबहादुर शाहीलाई सर्वसम्मत बनाइएको थियो ।
शाहले केन्द्रीय सदस्य प्रदेश र जिल्लामा जाँदा के हैसियत हुन्छ भनेर बैठकमा सोधेका थिए । ‘हामीले प्रदेश सभापतिलाई यहाँ राम्रै स्थान दिएका छौं । प्रदेश र जिल्लामा जाँदा केन्द्रीय सदस्यले के स्थान पाउछु ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण