सुर्खेतमा प्रदेशकै नमुना बहुउद्देश्यीय कभर्ड हल बन्ने
पूर्णबहादुर खड्का
सुर्खेत – कर्णाली प्रदेशकै नमुना बहुउद्देश्यीय कर्भड हल निर्माण कार्य अघि बढेको छ । जिल्ला व्याडमिण्टन संघ सुर्खेतले कर्भडहल निर्माणको प्रक्रिया अघि बढाएको हो । कर्भडहलको शिलन्यास आगामि ११ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट गर्ने निर्माण समितिले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा निर्माण हुन लागेको कर्भडहल तत्काल चार कोडको लागतमा निर्माण सुरु गर्ने निर्माण समितिका संयोजक चेत अधिकारीले जानकारी दिए ।
उपत्यका नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको करिव ५ कट्टा जग्गामा निर्माण गर्न लागिएको हो । कर्भडहलका लागि डिपिआर अनुसार ६ वटा कोडको भए पनि समितिले रकम अभाव देखाउँदै ४ वटा कोड निर्माण गर्न लागेको हो । थप २ वटा कोड पछि थप्न सकिने अधिकारीले बताए ।
उक्त ४ कोडको कर्भडहल निर्माण कार्य पुरा गर्न करिव साढे २ करोड बढि लाग्ने अनुमान गरिएको छ । पछि थप हुने २ वटा कोड सहित गरी करिव ७ लाख लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएकोे कर्भडहल यसै आर्थिक वर्षबाट सुरुगरी २ वर्षभित्र सक्ने निर्माण समितिको योजना छ ।
प्रदेशको खेलकुद क्षेत्रको विकासका लागी पहल गरिएको यो पहिलो प्रयास हो । कभर्डहल निर्माण भएमा यस क्षेत्रका खेलाडिहरुले खेल अभ्यासका लागी सास्ति खेप्न नपर्ने देखिएको छ । निर्माण हुन लागेको कभर्डहलमा बिहान कम्तिमा ३०० जनाले एकै पटक योग व्यायाम गर्न सकिने छ ।
अत्याधुनिक सुविधा सम्पन्न कभर्डहल निर्माण गर्नका लागि आर्थिक रकम संकलन गर्न मध्यपश्चिम धार्मिक महोत्सव २०७३ समेत आयोजना गरिएको थियो । सुर्खेतमा हुने बर्षको १÷२ पटक योग शिविरले मान्छेमा कम फाईदा हुने समितिका संयोजक अधिकारीले बताए । अव निरन्तर योग प्रणाम सञ्चालन हुने जनाए ।
त्यस्तै खेलाडिहरुले खेल अभ्यासका लागी कभर्डहल नहुदाँ दुख कष्ट भोग्नु परेको छ । यो निर्माण पश्चाल खेलाहिरु आफ्नै स्थानिय स्तरमा अभ्यास गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण