मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ब्रेन एनुरिजमको जटिल  सर्जरी

शुक्रबार, ०५ साउन २०८०, ११ : ४०
शुक्रबार, ०५ साउन २०८०

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल शल्यक्रिया माइक्रोसर्जरी माध्यमबाट सफलतापूर्वक सम्पन्न  गरिएको छ । 

उक्त सर्जरी न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रोसर्जरी हो जसमा सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ । 

शल्यचिकित्सकले बिरामीको  दिमागमा पुग्नको लागि  टाउकोमा सानो प्वाल  बनाउँछ । यसरी माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रोसर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्युरो सर्जन लाई पनि काम  गर्न सजिलो हुने गर्दछ  ।

 टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरू कोमामा जाने चिकित्सकहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप