विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ब्रेन एनुरिजमको जटिल सर्जरी
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल शल्यक्रिया माइक्रोसर्जरी माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ ।
उक्त सर्जरी न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रोसर्जरी हो जसमा सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ ।
शल्यचिकित्सकले बिरामीको दिमागमा पुग्नको लागि टाउकोमा सानो प्वाल बनाउँछ । यसरी माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रोसर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्युरो सर्जन लाई पनि काम गर्न सजिलो हुने गर्दछ ।
टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरू कोमामा जाने चिकित्सकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण