आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

थप ११ नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

शुक्रबार, ०५ साउन २०८०, १८ : १०
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । शुक्रबार बसेको बोर्डको बैठकले एक स्टक डिलर कम्पनीसहित १० वटा कम्पनीलाई ब्रोकर लाइसेन्सको अनुमतिपत्र दिने निर्णय गरेको हो ।

ब्रोकर लाइसेन्स अनुमतिपत्र पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड रहेका छन् ।

यसैगरी सानिमा सेक्युरिटिज लिमिटेड, स्टक्स कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज प्रा.लिले समेत नयाँ ब्रोकर लाइसेन्सको अनुमति पाएका छन् ।

यी कम्पनीहरुले धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्सका लागि छनोट भएर आवश्यक पूर्वाधार तयारीका लागि यसअघि नै अनुमति पाएका थियो । सोही तयारीका आधारमा बोर्डले यी कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको हो ।

d

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप