थप ११ नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । शुक्रबार बसेको बोर्डको बैठकले एक स्टक डिलर कम्पनीसहित १० वटा कम्पनीलाई ब्रोकर लाइसेन्सको अनुमतिपत्र दिने निर्णय गरेको हो ।
ब्रोकर लाइसेन्स अनुमतिपत्र पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड रहेका छन् ।
यसैगरी सानिमा सेक्युरिटिज लिमिटेड, स्टक्स कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज प्रा.लिले समेत नयाँ ब्रोकर लाइसेन्सको अनुमति पाएका छन् ।
यी कम्पनीहरुले धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्सका लागि छनोट भएर आवश्यक पूर्वाधार तयारीका लागि यसअघि नै अनुमति पाएका थियो । सोही तयारीका आधारमा बोर्डले यी कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण