धरानमा गोली हानी एक युवकको हत्या, अपराधी छिट्टै पक्राउ पर्छन् : प्रहरी
विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ ।
शुक्रबार दिउँसो गोली हानी विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले बताएको छ ।
मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
ढकालले गोली प्रहार गर्नेको हुलियाबाट पहिचान भइसकेको बताए । ‘गोली प्रहार गर्ने मानिसको हुलिया पत्ता लागि सकेको छ, विगतमा पनि उनीहरु आपराधिक घटनामा संलग्न थिए,’ ढकालले भने, ‘उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । किन गोली हानियो भन्ने कुरा खुलेको छैन । गोली हान्नेहरू छिट्टै पक्राउ पर्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण