शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

धरानमा गोली हानी एक युवकको हत्या, अपराधी छिट्टै पक्राउ पर्छन् : प्रहरी

शुक्रबार, ०५ साउन २०८०, १९ : ४६
शुक्रबार, ०५ साउन २०८०

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ ।

शुक्रबार दिउँसो गोली हानी  विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले बताएको छ ।  

मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । 

ढकालले गोली प्रहार गर्नेको हुलियाबाट पहिचान भइसकेको बताए । ‘गोली प्रहार गर्ने मानिसको हुलिया पत्ता लागि सकेको छ, विगतमा पनि उनीहरु आपराधिक घटनामा संलग्न थिए,’ ढकालले भने, ‘उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । किन गोली हानियो भन्ने कुरा खुलेको छैन । गोली हान्नेहरू छिट्टै पक्राउ पर्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप