वीरेन्द्रनगरमा युवतीलाई एसिड प्रहार गर्न खोज्ने एक जना पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा युवतीलाई एसिड प्रहार गर्ने खोजेकाे आरोप एक जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ का १६ वर्षीय आशिष सुनार रहेका छन् ।
सुनारले शुक्रबार सोही वडाको मैकल बजार नजिकै बराहताल गाउँपालिका –१० की अन्दाजी १७ वर्षीय सोबिता बुढालाई एसिड प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार सुनारले
प्रहार गरेको एसिड युवतीलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेको छ ।
नेत्रबहादुर घाइते भएको डीएसपी शाहीले बताए । एसिड प्रहार घटनामा अन्य एक व्यक्ति पनि संलग्न रहेको प्रहरीले बताएको छ । उनी फरार रहेको बताइएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ती युवाले युवतीलाई किन एसिड प्रहार गर्न खोजेका हुन् भन्ने खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण