शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको लक्ष्य– मुद्रास्फीति ६.५ प्रतिशत, ६ प्रतिशत आर्थिक वृद्धिदर

आइतबार, ०७ साउन २०८०, १४ : ०५
आइतबार, ०७ साउन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लक्ष्य तय गर्दै बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यको रुपमा यथावत राखेको छ । यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गरिने समेत मौद्रिक नीतिमा लक्ष्यकारुपमा केन्द्रीय बैंकले राखेको छ ।
सञ्चालन लक्ष्यको स्थितिको आधारमा सव्रिmय रुपमा खुला बजार कारोबार सञ्चालन गरी अन्तर बैंक ब्याजदरलाई ब्याजदर करिडोर भित्र राख्ने, कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने समेत केन्द्रीय बैंकको लक्ष्य छ । 

यता, मुद्रास्फीतिलाई ६.५ प्रतिशत भित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने र आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकक्ता प्राप्त लक्ष्य रहेको छ । 

आर्थिक वर्ष २०८०–८१ मा विस्तृत मुद्राप्रदाय १.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण केन्द्रीय बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप