संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन
काठमाडौँ । संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) ले काठमाडौँसहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।
आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो । नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम) ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ देखि १२ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा रत्नराज्य क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाईं, सचिव साधुराम नेपाली, सन्तोष ढकालसहित इकाई समितिका सदस्यहरुको उपस्थितिमा रहेको थियो ।
त्यसैगरी पाटन संयुक्त क्याम्पसको कार्यक्रममा अखिल(क्रान्तिकारी) को संयोजक पवन कार्की, नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम), सहित केन्द्रीय सदस्य गोबिन्द भट्ट, संजिव कार्की, विरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण