एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । पाकिस्तानले आइतबार भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई एक सय २८ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो । पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि सतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे ।
ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धसतकीय पाली खेले । सइमले ५९ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । अर्का ओपनर सहिबजादाले ६५ रन बनाए ।
उनले ६२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको खातामा ३५ रन थपेका थिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई-दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४० ओभरमा अलआउट हुनुअघि दुई सय २४ रनमात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन बनाए । उनले ५१ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
भारतीय टोलीका कप्तान यस ढुलले ३९ रन बनाए । ओपनर साई सुदर्शन २९ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानी टोलीका बलर युफयान मोकिमले तीन विकेट लिए । मेहरान मुमताजले दुई विकेट हात पारे । अर्साद इक्बालले दुई विकेट लिए । मुहम्मद वसिमले पनि दुई विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण