इतिहास रचिँदै छ महिला विश्वकपमा : बेन्जिनाले हिजाब लगाएर खेल्ने
काठमाडौँ । महिला विश्वकप फुटबलमा सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा इटालीले अर्जेन्टिनाको सामना गर्दैछ । अर्जेन्टिना र इटाली समूह ‘जी’ मा छन् । उक्त समूहमा स्विडेन तीन अंकसहित पहिलो स्थानमा छ ।
आफ्नो पहिलो खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको थियो । इटाली र अर्जेन्टिनाले भने आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । सोमबार हुने दोस्रो खेलमा भने जर्मनीले मोरक्कोको सामना गर्नेछ ।
जर्मनी र मोरक्को समूह ‘एच’ मा छन् । उक्त समूहमा दक्षिण कोरिया र कोलम्बिया पनि छन् । यो समूहमा हालसम्म एक खेल पनि खेलिएको छैन ।
जर्मनी र मोरक्को बीचको खेलमा एउटा इतिहास रचिने सम्भावना पनि छ । उक्त खेलमा मोरक्कोकी नोहाइला बेन्जिनाले ‘हिजाब’ लगाएर खेल्ने भएकी छन् ।
मोरक्कोकी २५ वर्षीया डिफेन्डर बेन्जिनाले यसअघि नै आफू ‘हिजाब’ लगाएर मैदानमा ओर्लने बताइसकेकी छन् । उनी ‘हिजाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछिन् ।
यसैगरी सोमबारको तेस्रो खेलमा ब्राजिलले पानामाको सामना गर्नेछ । ब्राजिल र पानामा प्रतियोगिताको समूह ‘एफ’ मा छन् । उक्त समूहमा फ्रान्स एक अंकसहित पहिलो र जमैका पनि एक अंकसहित दोस्रो स्थानमा छन् । फ्रान्स र जमैकाले आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । ब्राजिल र पानामाले भने आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण