श्रीमतीको हत्या गर्ने पक्राउ
सोमबार, ०८ साउन २०८०, १२ : ४०
सप्तरी । घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू बीच घरायसी वादविवादको कारण झैँ-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो मेरो अन्तिम विश्वकप हो कि होइन भन्ने कुरा मै तय गर्छु : रोनाल्डो
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण