शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिका साउथ डकोटामा मेलिना राई दिवस मनाउने घोषणा

मङ्गलबार, ०९ साउन २०८०, ०७ : ३९
मङ्गलबार, ०९ साउन २०८०

अमेरिका । अमेरिकाको साउथ डकोटाका नगर प्रमुखले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेका छन् । हाल अमेरिका विभिन्न शहरहरुमा एकल प्रस्तुति सांगीतिक कार्यक्रममा सहभागी हुँदै गर्दा अमेरिकाको साउथ डकोटाका नगर प्रमुख पल टेनहेकेनले उक्त घोषणा गरेका हुन् ।

सु(फल्स साउथ डकोटाका नगर प्रमुखले जुलाई २३ ,२०२३ लाई मेलिना राई दिवसको रूपमा मनाउने घोषणा गरेको प्रमाणपत्र हस्तान्तरण मुख्य उप निरीक्षकले मेलिना राईलाई गरेका थिए ।

यो मेलिना राई पहिलो अमेरिका प्रस्तुति यात्रा २०२३ (फर्स्ट यूएस टुर २०२३ ) अन्तर्गत साउथ डकोटामा पहिलो प्रस्तुति रहेको थियो । यो कार्यक्रम केटिएमइ ईन्टरटेनमेन्टले आयोजना गरेको हो ।

मेलिना राईको कार्यक्रमहरु अमेरिकाका विभिन्न राज्यहरुमा अझै १४ वटा प्रस्तुतिहरु रहेका छन् । अर्को प्रस्तुति जुलाई २८ मा न्यू ह्यामसरमा र त्यसपछि जुलाई २९ मा न्यूयोर्क प्रस्तुति रहने छ । यस्तै थुप्रै राज्यहरुमा कार्यक्रमहरु रहने छन् ।

प्रस्तुति भइसकेका कार्यक्रममा अत्यधिक सफलता हासिल गरेको आयोजकका तर्फबाट रोकेश गुरुङले बताए।

रोकेश गुरुङ केटीएमई इन्टरटेनमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी (सीईओ) हुन् । उनीसँगै यात्रा व्यवस्थापक (टुरिङ म्यानेजर)का रूपमा यात्रा गरि रहेका छन् भने उनी गायक र उत्कृष्ठ गितार बजाउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप