शृङ्खलाले भनिन्,- ‘मानिसहरूले मबाट के खोजिरहेका छन्, थाहा छैन’
काठमाडौँ । मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन् । आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको उनको भनाइ रहेको छ ।
‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, उनले भनिन् ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन ।’
सञ्जय सिल्वाल गुप्तासँग पाेडकास्टमा कुरा गर्दै खतिवडाले मानिसहरू आफ्नो जति नै पछि लागे पनि व्यक्तिगत जीवन भने नखोल्ने स्पष्ट पारेकी छन् ।
‘म पब्लिक पर्सन हो, थाहा छ’, उनले अगाडि भनेकी छन् ‘म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन ।’
‘मानिहरुले मेरो रियाक्सन खोजेको हो कि । डेढ बर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, उनले अगाडि भनिन् ‘तर म रियाक्सन दिन्न ।’
‘मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन । त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन् ।
उनले आफ्नो पछि लाग्नेलाई जति उत्तर दिएपनि नपुग्ने धारणा समेत राखेकी छन् । भन्छिन्, ‘त्यो उहाँहरुको मेन्टालिटीको प्रोवलम हो । मेरो होइन ।’
खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।
केही समय अगाडि श्रृङ्खलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला छ । उनी सिरोहियाको एक पारिवारिक समारोहमा समेत सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण