एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाको दाबेदारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिँदै छ । निर्वाचनमा आकांक्षीहरूले उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।
यसैबीच कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्कीमा जन्मिएर जापानलाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियनमा लागेका बाँस्तोलाले विद्यार्थी र श्रमिकहरूको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएको बताए ।
उनी हाल एनआरएनए जापानको सदस्य, कास्की पोखरा समाज जापानको उपाध्यक्ष छन् । जापानको भाषागत स्किल, कम्प्युटर स्किल तथा जापान र नेपालको काम गर्ने अवस्था बुझेकाले आफूले महासचिवमा उम्मेदवारी दिएको उनले बताए ।
बाँस्तोलाले आफूले जापानमा अध्ययनरत नेपाली विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । टोकियोमा हुँदै आएको नेपाल फेस्टिभल २०२२ तथा २०२३ को आयोजनामा आफूले भूमिका निर्वाह गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण