सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाको दाबेदारी

मङ्गलबार, ०९ साउन २०८०, २० : ३५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिँदै छ । निर्वाचनमा आकांक्षीहरूले उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । 

यसैबीच कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्कीमा जन्मिएर जापानलाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियनमा लागेका बाँस्तोलाले विद्यार्थी र श्रमिकहरूको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएको बताए । 

kaml1 

उनी हाल एनआरएनए जापानको सदस्य, कास्की पोखरा समाज जापानको उपाध्यक्ष छन् । जापानको भाषागत स्किल, कम्प्युटर स्किल तथा  जापान र नेपालको काम गर्ने अवस्था बुझेकाले आफूले महासचिवमा उम्मेदवारी दिएको उनले बताए । 

बाँस्तोलाले आफूले जापानमा अध्ययनरत नेपाली विधार्थीहरुलाई  छात्रवृत्ति प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । टोकियोमा हुँदै आएको नेपाल फेस्टिभल २०२२ तथा २०२३ को आयोजनामा आफूले भूमिका निर्वाह गरेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप