सुरेश अधिकारीमाथिको प्रतिबन्ध फिर्ता लिन संगीतसम्बद्ध संस्थाहरूको आग्रह
मङ्गलबार, ०९ साउन २०८०, २१ : ०२

काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन संगीतसम्बद्ध विभिन्न सात संस्थाले अनुरोध गरेका छन् ।
गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी संकलन समाजले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीविरुद्धको प्रतिबन्धको निर्णय फिर्ता लिन रेडियो प्रसारकलाई आग्रह गरेका हुन् ।
यी संस्थाले गत ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु