विपिनको ‘दी रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनौट
बुधबार, १० साउन २०८०, १५ : १८
काठमाडौँ । नेपाली फिल्म ‘दी रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनौट भएको छ । फिडेल देवकोटा निर्देशित फिल्म दोस्रो मुख्य प्रतिस्पर्धा ‘ओरिजोन्टी’ विधामा छानिएको हो ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतको अभिनय छ । कोरोना महामारीको समयमा छायांकन भएको फिल्म रामकृष्ण पोख्रेलले निर्माण गरेका हुन् । फिल्मले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथाको रुपमा उठाएको छ ।
सुसन प्रजापतिको छायांकन, उत्सव बुढाथोकीको संगीत रहेको फिल्मको पोस्ट प्रोडक्सन श्रीलंकामा भएको हो । फिल्मका निर्माता रामकृष्णसँगै शोभा थापा र निर्देशक देवकोटा पनि हुन् । फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण