सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड बरामद
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको एउटा गोदाममा छापा मारेको छ । हङकङबाट सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्राली’को दाबी गरिएको सो गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् ।
मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।
बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् ।
व्यापारी अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया सेयर कारोबारमा पनि संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण