राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडाैँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।
उनले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताए । उनले भने–‘विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर पक्राउ पर्छ । त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिन भनेर विमानस्थल भन्सारसम्बन्धी सुरक्षाकर्मीलाई सस्पेन्ड गर्दै यो सम्मानित सदनलाई संशोधन गर्दै राजीनामा दिनुपर्थ्यो । तर त्यसो भएको छैन सभाध्यक्ष महोदय ।’
नेता दाहालले अगाडि भने–‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र ? त्यसैले यो विषय अब नैतिकताको विषय मात्र रहेन । अब हामीले यसलाई नैतिकताको विषय भनेर उठाउन खोजिरहेका छैनौँ । ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो । अब त यो विषय गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब त उहाँ अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ ।’
नेता दाहालले सरकारले नै तस्करीलाई सहयोग गरेकोले छानबिन गर्न नसक्ने भन्दै सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण