शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फूलबारी नेपाल गजल प्रतियोगिता हुने

बिहीबार, ११ साउन २०८०, ११ : ४९
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । फूलबारी नेपाल गजल प्रतियोगिता आयोजना हुने भएको छ । गजल लेखनमा नव पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले फूलबारी नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र ५ जनाले सान्त्वना पुरस्कार २ हजार प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगीताका लागि आफूले लेखेको गजल वाचन गरेको भिडियो आयोजकलाई पठाउनु पर्नेछ । भिडियो ‘[email protected]’ मा पठाउनु पर्नेछ । 

प्रतियोगीताका लागि प्राप्त गजलबाट उत्कृष्ट छनौटलाई  आगामी मोतिराम जयन्तीको दिनमा पुरस्कृत गरिने आयोजक फूलबारी नेपालका डा.कृष्णहरि बरालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप