नेपालको उन्नति जलविद्युतबाट सम्भव छ : सभामुख घिमिरे
बिहीबार, ११ साउन २०८०, १४ : ०९
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाट नै सम्भव रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत् पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत् उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।
सभामुख घिमिरेले औद्योगिकरणमा विद्युत् खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए । उनले ऊर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए ।
सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसद्को भूमिका महत्त्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण