जरीनको गुनासो, ‘कटरीनाजस्तै देखिँदा काम पाइनँ’
मुम्बई । कटरीना कैफजस्तो देख्दा आफूलाई धेरै घाटा भएको जरीन खानले बताएकी छन् । आफूलाई जहिले पनि कटरीनाको ‘डुप्लीकेट’ का रूपमा मात्र हेरिएको र बलिउडमा आफ्नो कुनै पहिचान नभएको उनले दुखेसो पोखेको हुन् ।
जरीनका अनुसार उनको परिवारको फिल्मी पृष्ठभूमि छैन । त्यसैले सुरु–सुरुमा मानिसहरूले कटरीनासँग तुलना गर्दा उनलाई राम्रो लाग्थ्यो । तर, पछि उनलाई फिल्म अफर हुनै छाड्यो । जरीनका अनुसार बलिउडमा प्रतिभाले भन्दा पनि चिनजानी र मित्रताको आधारमा चलचित्र पाउने उनको गुनासो छ ।
जरीनले सलमान खानको चलचित्र वीरबाट बलिउडमा डेब्यू गरेकी हुन् । सलमानले लञ्च गरेको कारण सुरुमा नै उनले राम्रो चलचित्रहरूमा काम गर्न पाइन् । तर, केही समयपछि उनी पर्दाबाट गायब बनिन् । चलचित्र पाए पनि उनको कामलाई रुचाइएन ।
जरीनले हालै रेडिटमा प्रश्न–उत्तरको सेसन गरेकी थिइन् । यस दौरान एक जनाले उनलाई कटरीनासँग तुलना गर्दा करियरमा कस्तो प्रभाव पर्यो भनेर सोधेका थिए । जवाफमा जरीनले भनिन्, ‘बलिउडमा प्रवेश गर्दा म हराएको बच्चा जस्तै थिएँ । म फिल्मी पृष्ठभूमिबाट थिइनँ । जब मानिसहरूले मेरो तुलना कटरीनासँग गर्थे, म निकै खुसी हुन्थे । म पनि कटरीनाको सुन्दरताको फ्यान थिएँ । तर, यही तुलना मेरो लागि घाटा साबित भयो । किनभने बलिउडले मलाई साबित गर्ने मौका नै दिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको बैठक बस्दै
-
विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
-
एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण