लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति
काठमाडौँ । लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीतिहरुको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति बनाएको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भूपाल बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
वार्ता समितिमा अर्थ मन्त्रालयसँगै गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेत रहने छन् ।
समितिले लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समस्या समाधानको उपाय समेत सिफारिस गर्नेगरी कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
आन्दोलनरत पक्षले लघुवित्तले गाउँगाउँका गरिब निमुखाहरुलाई कर्जाको नाममा ठगी धन्दा चलाएको भन्दै संस्थाहरुविरुद्ध संंघर्ष समिति नै बनाएर आन्दोलनमा होमिरहेका छन् । समस्या समाधानका लागि अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण