बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति

बिहीबार, ११ साउन २०८०, १८ : ४३
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीतिहरुको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति बनाएको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भूपाल बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । 

वार्ता समितिमा अर्थ मन्त्रालयसँगै गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेत रहने छन् । 

समितिले लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समस्या समाधानको उपाय समेत सिफारिस गर्नेगरी कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनरत पक्षले लघुवित्तले गाउँगाउँका गरिब निमुखाहरुलाई कर्जाको नाममा ठगी धन्दा चलाएको भन्दै संस्थाहरुविरुद्ध संंघर्ष समिति नै बनाएर आन्दोलनमा होमिरहेका छन् । समस्या समाधानका लागि अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप