प्रदर्शनको तेस्रो सातामा ‘बगान’
काठमाडौँ । फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।
निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो । हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको बताइएको छ ।
अभिनेता सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि फिल्ममा मुख्य भूमिका छ ।
अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । स्वप्निल नीरवको कथामा निर्माण भएको फिल्म नेपाली वेबसाइट डटकमले निर्माण गरेको हो ।
‘बगान’ का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन् ।
हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्म एकल आमाहरूले देशको जुनसुकै हलमा पनि फ्रिमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण