खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या
मुगु । मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् ।
गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् ।
गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गत आवको स्वीकृत कोटाअन्तर्गत करिब छ सय क्विन्टल चामल जगेडा रहेको क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । नयाँ ठेक्का टेण्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताए । यो चालु आवको चामल ढुवानीको लागि ठेक्का टेण्डर स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उनको भनाइ छ ।
गोदाममा चामल हुँदा उपभोक्ताको भीड लाग्ने डिपो हिजोआज सुनसान देखिन थालेका छन् । साउनदेखि भदौ महिनासम्म जिल्लाभरका खाद्य डिपोका गोदाम खाली हुने गरेका छन् । खाद्य डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारीको महँगो चामल किनेर खाद्य बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
-
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण