भिरबाट खसेको ढुंगा लागेर सल्यानमा बालकको मृत्यु
शनिबार, १३ साउन २०८०, २० : ०५
सल्यान । सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ। शारदा नगरपालिका–९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो।
घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण