दमकका प्रमुख प्रशासकीय अधिकृतले क्वाटरमै अनैतिक काम गरेको भिडियो सार्वजनिक
विराटनगर । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ ।
निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा बसेर महिलाले कसैसँग कुराकानी गरिरहेको देखिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेका छ ।
निरौलाले भने यो भिडियो काठमाडौँको भएको दाबी गरेका छन् । काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको जिकिर गरे ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको उनको भनाइ छ । प्रशासकीय अधिकृतकी श्रीमतीसहित परिवार भने काठमाडौँमा बस्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण