शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी

आइतबार, १४ साउन २०८०, १५ : ००
आइतबार, १४ साउन २०८०

रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारीले  ताला लगाएको छ ।

पत्रकार महासङ्घले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आज महासङ्घको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासङ्घको साउन ६ गते बसेको बैठकले ३० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । उक्त निर्णयमा सच्चाउन माग गर्दै  चौतारी लगायत संस्थाहरूले उजुरी दिँदा पनि महासङ्घ समस्या समाधानमा उदासीन भएकाले तालाबन्दी गर्नुपरेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । सङ्गठनले उठाएका जायज मागहरू सम्बोधन नभएसम्म तालाबन्दी गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप