रुकुम पश्चिमबाट लाइसेन्स वितरण सुरु
आइतबार, १४ साउन २०८०, १८ : २५
सुर्खेत । आइतबारदेखि रुकुम पश्चिमबाटै सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ ।
चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको हो ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमका बीच अनुमतिपत्र कार्यको शुभारम्भ गरेका हुन् । कार्यालय भने तीन वर्ष पहिला नै स्थापना भएको थियो ।
सो कार्यालयबाट आइतबार आठबीसकोट नगरपालिकाका सुदीप ओलीले सवारी चालक अनुमतिपत्र पाएका छन् । साउन २ गतेदेखि लाइसेन्सका लागि अनलाइन फारम खुला भएको थियो । फराम भरेकालाई बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जनाएको छ ।
कार्यालयले सवारी दर्ता, कर असुल, नामसारी, ब्लुबुक नवीकरण, लाइसेन्स नवीकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण