पशुपति क्षेत्र विकास कोषमा केसी मनोनीत
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्यमा राजु कुमार खत्री मनोनीत भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट काठमाडौँका केसी ४ वर्षका लागि सदस्यमा मनोनीत भएका हुन् ।
‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.११ अनुसार पशुपति क्षेत्र विकास सञ्चालक परिषद् सदस्य पदमा सोही ऐन र दफाको उपदफा ८.६ अनुसार ४ वर्षको लागि मनोनयन गरिएको बेहोरा अनुरोध छ’, मन्त्रालयका शाखा अधिकृत जंगबहादुर राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
मन्त्रालयले केसीको मनोनयनले पशुपति क्षेत्र विकास कोषको विकास, प्रगति र उन्नयनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरेको छ ।
कोषका यसअघिका सदस्य अर्जुन बाँस्तोलाको कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा केसीको मनोनयन भएको बताइएको छ । यसअघि पनि केसी कोषको ४ वर्षे कार्यकाल कुशलतापूर्वक निभाइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण