लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण
सोमबार, १५ साउन २०८०, १५ : २८

रुपन्देही । ग्लोवल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा बुटवलमा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भएको छ ।
बुटवल १२ तामनगरमा दातृ निकायको सहयोगमा ८ करोड ७० लाख लागतमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले भवन निर्माणपछि सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई देशकै नमुना प्रदेश बनाउन आफू लागिरहेको बताए । उनले जनताको सेवाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रयोगशालाको भवन समयमै निर्माण भएको बताए । प्रयोगशालालाई पूर्ण क्षमतामा चलाउनको लागि मन्त्रालय तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन