शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्छ : गोकुल बाँस्कोटा

सोमबार, १५ साउन २०८०, १८ : ४५
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबार सम्मको समय मागको बताएका छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मंगलवारसम्मको समय माग गरेकाले आजको प्रतनिधिसभा बैठक बस्न नसकेको बताए । उनले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद् सुचारु हुने बताए । उनले  सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । 

उनले भने, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद् चल्छ । सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप