लुम्बिनी प्रदेशको आर्थिक विकासको आधार नै पर्यटन : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको आर्थिक विकासको मुख्य आधार नै पर्यटन रहेको बताएका छन् ।
सोमबार बुटवल र पाल्पालाई जोड्ने केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको बताए ।
उनले केबलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई २४ करोड जनसंख्या भएको भारतीय राज्य उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्नुपर्नेमा जोड दिए ।
‘लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठुलो समस्या थियो, केबलकार बनेपछि उनीहरूलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य बनेको छ,’ उनले भने ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिटै कार्यक्रम गर्न लागेको बताए ।
सो अवसरमा लुम्बिनी केबलकार लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयसँगै भारतको उत्तर प्रदेश राज्यका नागरिकलाई लक्षित गरेर १५० कोठा, क्यासिनो र एक हजार जना क्षमताको बेङ्क्वेट हलसहित पाँचतारे होटेल समेत गरी ५ अर्ब रुपैयाँ केबलकार परियोजनामा लगानी गरेको बताए ।
केबलकारको टप स्टेसन पाल्पा वसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर नेपालीसँगै भारतीय हिन्दु धर्मावलम्बीहरूको आस्थाको ठुलो धरोहर र शक्ति पीठ भएकाले सञ्चालनको दुई महिना नपुग्दै ४० प्रतिशत पर्यटकको हिस्सा भारतीय रहेको ढकालले बताए । केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण