बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको आर्थिक विकासको आधार नै पर्यटन : मुख्यमन्त्री चौधरी

सोमबार, १५ साउन २०८०, २० : ५६
सोमबार, १५ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको आर्थिक विकासको मुख्य आधार  नै पर्यटन रहेको बताएका छन् ।

सोमबार बुटवल र पाल्पालाई जोड्ने केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको बताए ।

उनले केबलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई २४ करोड जनसंख्या भएको भारतीय राज्य उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्नुपर्नेमा जोड दिए ।

‘लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठुलो समस्या थियो, केबलकार बनेपछि उनीहरूलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य बनेको छ,’ उनले भने ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिटै कार्यक्रम गर्न लागेको बताए ।

सो अवसरमा लुम्बिनी केबलकार लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयसँगै भारतको उत्तर प्रदेश राज्यका नागरिकलाई लक्षित गरेर १५० कोठा, क्यासिनो र एक हजार जना क्षमताको बेङ्क्वेट हलसहित पाँचतारे होटेल समेत गरी ५ अर्ब रुपैयाँ केबलकार परियोजनामा लगानी गरेको बताए ।

केबलकारको टप स्टेसन पाल्पा वसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर नेपालीसँगै भारतीय हिन्दु धर्मावलम्बीहरूको आस्थाको ठुलो धरोहर र शक्ति पीठ भएकाले सञ्चालनको दुई महिना नपुग्दै ४० प्रतिशत पर्यटकको हिस्सा भारतीय रहेको ढकालले बताए ।  केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई छुट्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप