कपिलवस्तुमा महिला कर्मचारी माथि यौन दुर्व्यवहार गर्ने अस्पतालका प्रमुखविरुद्ध उजुरी
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेपछि प्रहरीले जबरजस्ती करणी उद्योग जाहेरी दर्ता गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुर्दा अन्तर्गत दर्ता भएको जानकारी दिए। आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्।
यौन दुव्यवारको आरोप लागेपछि प्रमुख पौडेललाई नगरपालिकाले नै जिम्मेवारीबाट हटाएको छ । आरोपित स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको मेयर अजय थापाले बताए। उनले छानिबन गरी दोषीलाई कारबाही गरिने बताए।
गत साउन १ गते मात्रै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो। प्रहरी थप कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
-
बैतडीमा घर भत्किँदा ३ जना घाइते
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण