केन्द्रीय समिति बैठक
माओवादी बैठकमा केन्द्रीय सदस्यबाहेक ३ सय ७३ जना सहभागी हुने
मङ्गलबार, १६ साउन २०८०, १५ : ४१
काठमाडौँ । बुधबारदेखि सुरु हुने नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् ।
काठमाडौँस्थित प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुनेछन् ।
‘भोलिको बैठकलाई प्रभावकारी बनाउन हामी तयारीमा छौँ । ७ सय ५८ जना सदस्यलाई अहिले परिचयपत्र वितरण भइरहेको छ’, उनले भने ।
माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोग रहका छन् । ७ वटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर भौगोलिक प्रदेश समिति रहका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण